बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सामसङको नयाँ ग्यालेक्सी जेट फोल्ड८ अल्ट्रा, फोल्ड८, फ्लिप८, वाच अल्ट्रा२ र वाच९ नेपालमा सार्वजनिक

बुधबार, भदौ १० २०८३
सामसङको नयाँ ग्यालेक्सी जेट फोल्ड८ अल्ट्रा, फोल्ड८, फ्लिप८, वाच अल्ट्रा२ र वाच९ नेपालमा सार्वजनिक

नयाँ ग्यालेक्सी जेट सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको कम्पनीले जनाएको छ।

काठमाडौं- सामसङको नयाँ ग्यालेक्सी जेट फोल्ड८ अल्ट्रा, फोल्ड८, फ्लिप८, वाच अल्ट्रा२ र वाच९ नेपालमा सार्वजनिक भएको छ। अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट (सामग्री) अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ ग्यालेक्सी जेट सिरिज नेपाली बजारमा आएको हो।

नयाँ ग्यालेक्सी जेट सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको कम्पनीले जनाएको छ। ग्यालेक्सी जेट फोल्ड८ अल्ट्रामा भायोलेट स्याडो सबैभन्दा लोकप्रिय रंग बनेको छ भने ग्यालेक्सी जेट फोल्ड८ मा ल्याभेन्डर र ग्यालेक्सी जेट फ्लिप ८मा पिंक सबैभन्दा धेरै रोजिएको रंग बनेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार ग्यालेक्सी जेट फोल्ड८ अल्ट्राले सामसङको प्रिमियम अल्ट्रा अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ। ठूलो क्षमता, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शनसहित यो क्रिएटिभ काम तथा मल्टिटास्किङका लागि तयार गरिएको छ। यसको ८ इन्चको मुख्य डिस्प्लेले प्रयोगकर्तालाई अझ ठूलो स्क्रिन स्पेस प्रदान गर्छ।

ग्यालेक्सी जेट फोल्ड८ नयाँ डिजाइनसहित आएको छ, जुन मानिसहरूले कन्टेन्ट हेर्ने, खोज्ने र अनुभव गर्ने तरिकालाई ध्यानमा राखेर बनाइएको कम्पनीले जनाएको छ। यसको डिस्प्ले अनुपात दैनिक प्रयोगका लागि सहज बनाइएको छ। 

ग्यालेक्सी जेट फ्लिप८ सामसङको सबैभन्दा आकर्षक फ्लिप फोन हो, जसले व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिन्छ। यसमा ५० एमपी क्यामेरा, प्रोभिजुअल इन्जिन र फ्लेक्सक्याम अनुभव रहेको छ, जसले फोटो र भिडियो खिच्न अझ सहज बनाउँछ।

यस्तै, ग्यालेक्सी वाच अल्ट्रा२ र ग्यालेक्सी वाच ९ले ग्यालेक्सी स्मार्टवाच पनि छन्। दुवै डिभाइस स्न्यापड्रागन वेयर एलिट प्लेटफर्मद्वारा सञ्चालित छन् र निरन्तर स्वास्थ्य ट्र्याकिङ, उत्कृष्ट प्रदर्शन, आरामदायी प्रयोग र लामो ब्याट्री जीवनका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ।

नयाँ ग्यालेक्सी डिभाइसलाई अझ सहजरूपमा खरिद गर्न सामसङले २४ महिनासम्मको सजिलो इएमआई सुविधा उपलब्ध गराएको छ। यसले मासिक किस्ता रकमलाई कम गर्दै ग्राहकहरूलाई सामसङको नयाँ प्रविधि सजिलै अपनाउन सहयोग गर्नेछ। यो प्रक्रिया सरल छ र यसको लागि नागरिकता मात्र आवश्यक पर्नेछ। 

१२+५१२ जीबीको ग्यालेक्सी जेट फोल्ड८ अल्ट्राको मूल्य ३ लाख ३९ हजार ९९९ रूपैयाँ रहेको छ भने १२+२५६ जीबीको २ लाख ९९ हजार ९९९ रूपैयाँ पर्छ। यस्तै, ग्यालेक्सी जेट फोल्ड८ (१२+२५६ जीबी)को २ लाख ७४ हजार हजार ९९९ र ग्यालेक्सी जेट फ्लिप८ (१२+२५६ जिबी) को मूल्य १ लाख ९४ हजार ९९९ रूपैयाँ तोकिएको छ।

ग्यालेक्सी वाच अल्ट्रा२ को मूल्य १ लाख २३ हजार ४९९ रूपैयाँ पर्छ। ग्यालेक्सी वाच९ ७१ हजार ४९९ र ६६ हजार ४९९ रूपैयाँ छ।


प्रकाशित : बुधबार, भदौ १० २०८३१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend