बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाडी कर्जा योजना : ५.१३ प्रतिशत ब्याजदर, तीन दिनमै प्रवाह

मंगलबार, भदौ ९ २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाडी कर्जा योजना : ५.१३ प्रतिशत ब्याजदर, तीन दिनमै प्रवाह

यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क तथा सरल, सहज र शीघ्र कर्जाको सुविधा मिल्ने छ।

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ।

ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ।

यस योजनाअन्तर्गत आवश्यक कागजात तथा कर्जा प्रक्रियासम्बन्धी सम्पूर्ण आवश्यकताहरु पूरा भएको अवस्थामा ३ दिनभित्रै कर्जा प्रवाह गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

यसबाट नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकले प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क तथा सरल, सहज र शीघ्र कर्जा सुविधाको लाभ लिन सक्नेछन्।

सीमित समयका लागि मात्र लागु रहने यस विशेष सुविधा यस बैंकको देशभरका शाखाहरुबाट लिन सकिनेछ।


प्रकाशित : मंगलबार, भदौ ९ २०८३१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend