बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सुजुकी पर्वोत्सव : २ लाख रूपैयाँसम्म पुरस्कार रहेको विशेष स्क्र्याच एन्ड विन अफर

मंगलबार, भदौ ९ २०८३
सुजुकी पर्वोत्सव : २ लाख रूपैयाँसम्म पुरस्कार रहेको विशेष स्क्र्याच एन्ड विन अफर

हाल चलिरहेको 'ईभिटारा फर्स्ट १०० युनिट प्रमोशनल स्किम' भने निरन्तर जारी रहने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पको चाडपर्वलक्षित ग्राहक योजना 'सुजुकी पर्वोत्सव' चलिरहेको छ। सो अवसरमा ग्राहकले २ लाख रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

सुजुकी पर्वोत्सव विशेष 'स्क्र्याच एन्ड विन अफर' अन्तर्गत ग्राहकहरूले १ लाख रूपैयाँसम्मको नगद छुट, १ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मतसम्भार सेवा) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बीमा प्राप्त गर्न सक्नेछन्। सुविधाहरू मोडेलअनुसार फरक हुने कम्पनीको भनाइ छ।

यस योजनामा अल्टो के १० सिरिज, वागनआर सिरिज, सेलेरियो सिरिज, इको कार्गो, इको भ्यान सिरिज, ब्रेजा सिरिज, जिम्नी सिरिज, भिक्टोरिस सिरिज, फ्रोन्क्स सिरिज र ईभिटारा सिरिजसहित सुजुकीको सम्पूर्ण लाइनअप समेटिएको छ। 

यो सुविधा तथा अफर देशभरका सबै सुजुकी शोरुममा उपलब्ध हुनेछ। साउन २७ देखि सुरु भएको यो योजना मंसिर १५ गतेसम्म लागु रहनेछ।

ईभिटारा : छुट्टै स्किम, थप चार्जर सुविधा

हाल चलिरहेको 'ईभिटारा फर्स्ट १०० युनिट प्रमोशनल स्किम' भने निरन्तर जारी रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पहिलो १०० युनिट रिटेल भइसकेपछि माथि उल्लेख गरिएका मोडेलअनुसारका सुजुकी पर्वोत्सव सुविधाहरू ईभिटारामा पनि स्वतः लागु हुनेछन्।

ईभिटाराका ग्राहकहरूले सवारीसँगै आउने ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन्। 

नाडा अटो शो २०२६ : नयाँ ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शन

सुजुकीको नयाँ ब्रेजा नाडा अटो शो २०२६ मार्फत नेपाली बजारमा पहिलोपटक सार्वजनिक हुँदैछ। सुजुकीको अद्यावधिक यो कम्प्याक्ट एसयूभी प्रदर्शनीको पूरै ६ दिन फ्लोरमा प्रदर्शनीमा रहनेछ। आगन्तुकहरूले गाडीलाई नजिकैबाट अवलोकन गर्न सक्नेछन्।

नयाँ ब्रेजासहित सुजुकीको सम्पूर्ण लाइनअप २०८३ भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलभित्र रहेको सुजुकी प्याभिलियन, स्टल ए*टू मा अवलोकन गर्न सकिनेछ।

प्रदर्शनीका क्रममा सुजुकी प्याभिलियनमा छानिएका मोडेल बुकिङ गर्ने ग्राहकहरूका लागि सुजुकी पर्वोत्सवअन्तर्गत २ लाख रूपैयाँसम्मको पुरस्कार रहेको विशेष 'स्क्र्याच एन्ड विन' अफर पनि उपलब्ध हुनेछ।


प्रकाशित : मंगलबार, भदौ ९ २०८३१७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend