बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

मंगलबार, भदौ ९ २०८३
एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

यस साझेदारीअन्तर्गतको सेवा लिन योग्य एनसेल ग्राहकहरूले एनसेल एपमा लगइन गर्नुपर्ने हुन्छ।

काठमाडौं- एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन्।

मंगलबार आयोजित एक कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपांग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे।।

यस साझेदारीअन्तर्गत, २९९ रूपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरंग सेवामा निःशुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन्। त्यस्तै, ९९ रूपैयाँदेखि २९९ रूपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरंग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।

यस साझेदारीअन्तर्गतको सेवा लिन योग्य एनसेल ग्राहकहरूले एनसेल एपमा लगइन गर्नुपर्ने हुन्छ। त्यसपछि एपभित्र पार्टनर्ड सर्भिसेज खण्डमा गइ नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्ने हुन्छ। एपले योग्य ग्राहकहरूले प्राप्त गर्ने सुविधाको विवरण स्वतः देखाउनेछ। योग्य नदेखिएका ग्राहकहरूले यसका लागि आवश्यक प्याक वा रेन्टल सेवा लिएर यस सुविधाको लाभ लिन सक्नेछन्।

यस्ता पहलहरूमार्फत आफ्ना ग्राहकका लागि दैनिक जीवनमा थप मूल्य सिर्जना गर्दै उनीहरूको हित तथा कल्याणमा योगदान पुर्‍याउने लक्ष्य रहेको एनसेलले जनाएको छ।


प्रकाशित : मंगलबार, भदौ ९ २०८३१७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend