काठमाडौं- निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार भने गिरावट आएको छ। यो साता आइतबार र सोमबार महँगिएको सुन मंगलबार भने प्रतितोला ५ सय रूपैयाँले सस्तिएको हो।
मंगलबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार २ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार २ हजार ८ सय रूपैयाँले महँगिएको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार २ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला ३ लाख २२ हजार ७ सय रूपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६५ रूपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले घट्दै प्रतितोला ४ हजार ९६५ रूपैयाँ कायम थियो।