बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सामसङ नेपालको मनसुन अफर : टीभी तथा घरायसी उपकरणमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहार

सोमबार, भदौ ८ २०८३
सामसङ नेपालको मनसुन अफर : टीभी तथा घरायसी उपकरणमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहार

यी अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध छन्।

काठमाडौं- सामसङ नेपालले यस मनसुनमा उपभोक्ताहरूका लागि आफ्नो नवीनतम टीभी, वासिङ मेसिन र रेफ्रिजेरेटर रेन्जमा विशेष अफर ल्याएको छ।

प्रिमियम प्रविधि र सुविधालाई अझ सहजरूपमा उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले ल्याइएको यस अफरले घरायसी उपकरणहरू अपग्रेड गर्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ।

अफरअन्तर्गत चुनित होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध हुनेछ। यसका साथै, चुनित टीभी मोडलहरूको खरिदमा १२ महिनासम्मको नि:शुल्क नेटटीभी सब्सक्रिप्सन र नि:शुल्क साउन्डबार लगायतका उपहारहरू प्राप्त गर्न सकिनेछ।

ग्राहकहरूले ७ केजीदेखि १२ केजीसम्मका एआई ईकोबबल वासर ड्रायर, फ्रन्ट लोड, एफएटीएल तथा एसएटीएल वासिङ मेसिनमा २३ प्रतिशतसम्मको इन्सटन्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, सिंगल डोर, डबल डोर तथा साइड-बाइ-साइड सामसङ रेफ्रिजेरेटरमा १७ प्रतिशतसम्मको क्यासब्याक उपलब्ध रहेको छ। 

घरमा अझ इमर्सिभ मनोरञ्जन अनुभव भित्र्याउनेदेखि दैनिक लुगा धुने कामलाई अझ स्मार्ट बनाउने तथा भान्साका आवश्यक उपकरणहरू अपग्रेड गर्नेसम्म, सामसङको यस अफरमा हरेक घरपरिवारको आवश्यकता र रोजाइअनुसारका विकल्पहरू उपलब्ध छन्।

साथै हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सर्भिसमार्फत ग्राहकहरूले सामसङका होम अप्लायन्सेस २४ महिनासम्मको ईएमआई योजनामा खरिद गर्न सक्नेछन्, जसले यी उपकरणहरूको खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउने कम्पनीको विश्वास छ।

त्यसैगरी, नयाँ सामसङ होम अप्लायन्सेसमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आफ्ना पुराना उपकरणहरू 'अर्कोस्टोर' वा नेपालभर रहेका सामसङका अधिकृत रिटेल स्टोरहरूमार्फत एक्सचेन्ज गर्न सक्नेछन्। 

यी अफरहरू सीमित अवधिका लागि मात्र उपलब्ध छन्। अफरसम्बन्धी थप जानकारीका लागि उपभोक्ताहरूले आफ्नो नजिकैको सामसङ अधिकृत स्टोरमा सम्पर्क गर्न सक्नेछन्।


प्रकाशित : सोमबार, भदौ ८ २०८३१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend