बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

निरन्तर उचाइतिर सुन, आज तोलामा ३ हजार २ सय रूपैयाँले बढ्यो

सोमबार, भदौ ८ २०८३
निरन्तर उचाइतिर सुन, आज तोलामा ३ हजार २ सय रूपैयाँले बढ्यो

सोमबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रूपैयाँ तोकिएको छ।

काठमाडौं- निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य यो साता लगातार दोस्रोदिन पनि बढेको छ।

आइतबार २ हजार ८ सय रूपैयाँले महँगिएको सुनको मूल्य सोमबार प्रतितोला ३ हजार २ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला ३ लाख २२ हजार ७ सय रूपैयाँ पुगेको छ।

यो साता आइतबार सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा २०८२ माघ १५ गते हालसम्मकै उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ थियो।

चाँदीको मूल्य भने यो साता लगातार दोस्रो दिन पनि घटेको छ। सोमबार चाँदीको मूल्य तोलामा १० रूपैयाँले घट्दै प्रतितोला ४ हजार ९६५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार पनि चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला ४ हजार ९७५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, भदौ ८ २०८३११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend