बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रवि लामिछाने भन्छन् - ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू, अब आउने ३५ वर्षको योजना ल्याउनू

आइतबार, भदौ ७ २०८३
रवि लामिछाने भन्छन् - ३५ वर्षको हिसाब माग्ने काम बन्द गर्नू, अब आउने ३५ वर्षको योजना ल्याउनू

उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

राजधानी काठमाडौंमा आइतबार आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षको हिसाबकिताब खोज्ने कार्यमा नलागि अगामी ३५ वर्षको कार्ययोजना ल्याउन निर्देशन दिए।

लामिछानेले विगतमा अन्य नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भएपनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको समेत स्पष्ट पारे। उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आगामी पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरु थिए। कयौँ नेताहरु पनि थिए। जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने? अब हामीले दोष देखाउने कुनै कुरा छैन। अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो। ३५ वर्षको योजना ल्याउनुहोस्। अब बितेको ३५ वर्षको लागि उहाँहरुलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे धन्यवाद तर अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि।’


प्रकाशित : आइतबार, भदौ ७ २०८३१८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend