बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १७ लाख ठगी गर्ने दुईजना पक्राउ

आइतबार, भदौ ७ २०८३
वैदेशिक रोजगारीको प्रलोभन देखाएर १७ लाख ठगी गर्ने दुईजना पक्राउ

रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले पक्राउ गरेको हो।

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१२ का ३७ वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउलेलाई पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा तीन जनाबाट १४ लाख र रमेशले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट ३ लाख रूपैयाँ लिएका थिए।

रकम लिएपछि सम्पर्कविहीन उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो। रासस


प्रकाशित : आइतबार, भदौ ७ २०८३१३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend