बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

टीसीएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो

आइतबार, भदौ ७ २०८३
टीसीएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो

विश्व बजारमा टीसीएल एसीले हासिल गरेको उपलब्धिले नेपाली उपभोक्तामाझ पनि ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ।

काठमाडौं- विश्वव्यापी होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको छ। फ्रस्ट एन्ड सुलिभानद्वारा जारी मार्केट पोजिसन स्टेटमेन्टअनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म टीसीएल एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।

उक्त मार्केट पोजिसन स्टेटमेन्ट सन् २०२६ जुनमा जारी गरिएको हो। विश्व एयर कन्डिसनर बजारसम्बन्धी व्यापक अनुसन्धानका आधारमा फ्रस्ट एन्ड सुलिभानले टीसीएलको उक्त विश्वव्यापी बिक्री उपलब्धिलाई प्रमाणित गरेको कम्पनीको भनाइ छ। यस उपलब्धिले विश्व एसी बजारमा टीसीएलको बढ्दो उपस्थिति, उपभोक्ता स्वीकार्यता तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।

टीसीएलले एयर कन्डिसनर निर्याततर्फ पनि उल्लेखनीय उपलब्धि हासिल गरेको छ। चाइनाआईओएलको तथ्यांकअनुसार सन् २०२४ मा टीसीएलले चीनमा १.९१७ करोड युनिट घरेलु एयर कन्डिसनर उत्पादन गरेको थियो, जसले कम्पनीलाई उत्पादनका आधारमा उद्योगका शीर्ष तीन कम्पनीभित्र राखेको छ। सोही अवधिमा टीसीएलको एसी निर्यात मात्रा १.३८१ करोड युनिट पुगेको थियो।

यससँगै टीसीएल चीनबाट हुने एयर कन्डिसनर निर्यातमा दोस्रो स्थानमा रहेको चाइनाआईओएलको तथ्यांकमा उल्लेख छ। त्यस्तै, चीनका शीर्ष तीन एसी निर्यातकर्तामध्ये टीसीएलले सबैभन्दा उच्च निर्यात वृद्धि दर हासिल गरेको समेत उक्त तथ्यांकले देखाएको छ।

विश्व बजारमा टीसीएल एसीले हासिल गरेको उपलब्धिले नेपाली उपभोक्तामाझ पनि ब्रान्डप्रतिको विश्वास थप बलियो बनाउने अपेक्षा गरिएको छ। नेपालमा टीसीएलले विभिन्न क्षमता तथा सुविधासहितका एयर कन्डिसनर उपलब्ध गराउँदै आएको छ, जसले घरायसी तथा व्यावसायिक प्रयोगकर्ताका फरक-फरक आवश्यकतालाई सम्बोधन गर्दै आएको छ।

विश्वव्यापी स्तरमा स्थापित उत्पादन क्षमता, निरन्तर प्रविधिगत विकास र अन्तर्राष्ट्रिय बजारमा बढ्दो उपस्थितिका आधारमा टीसीएलले नेपाली बजारमा समेत आफ्नो एयर कन्डिसनर व्यवसायलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।

नेपालमा पनि टीसीएल उपभोक्तामाझ लोकप्रिय होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी टीसीएल टिभी, एयर कन्डिसनर, वासिङ मेसिन, रेफ्रिजरेटर, वाटर डिस्पेन्सर, म्युजिक सिस्टम तथा भीआरएफ लगायतका उत्पादनहरू आधुनिक प्रविधि, आकर्षक डिजाइन, उपयोगी फिचर तथा प्रतिस्पर्धी मूल्यका कारण नेपाली उपभोक्ताको रोजाइमा पर्दै आएका छन्।

नेपालमा टीसीएलका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्समार्फत बिक्री तथा वितरण हुँदै आएका छन्। विभिन्न उत्पादन श्रेणीमा आफ्नो उपस्थितिलाई निरन्तर विस्तार गर्दै टीसीएलले नेपाली बजारमा स्मार्ट, नवीन र भरपर्दो होम इन्टरटेनमेन्ट तथा होम इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा आफ्नो पहिचानलाई थप मजबुत बनाउँदै लगेको छ।


प्रकाशित : आइतबार, भदौ ७ २०८३१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend