काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा २ हजार ८ सय रूपैयाँले बढेको छ। आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने आज प्रतितोला १० ले घटेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ९७५ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ६२३ र चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।