बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त ऋणीहरू

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ७ २०८३
सरकारसँग सहमति भएपछि घर फर्किए  लघुवित्त ऋणीहरू

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको हो।

काठमाडौं- ललितपुर पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि घर फर्किएका छन्। 

सरकार र ऋणीहरूका प्रतिनिधिबिच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएर आइतबार उनीहरू घर फर्किएका हुन्। 

​सहमतिपश्चात आइतबार बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।

विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३ सय २३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ।
​
झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको हो।


प्रकाशित : आइतबार, भदौ ७ २०८३१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend