बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

वर्डक्याम्प काठमाडौंमा एआईदेखि सुरक्षित वेब विकाससम्मका विषयमा छलफल हुने

शुक्रबार, भदौ ५ २०८३
वर्डक्याम्प काठमाडौंमा एआईदेखि सुरक्षित वेब विकाससम्मका विषयमा छलफल हुने

दोस्रो दिन एआईको प्रयोगबाट सफ्टवेयर विकासलाई प्रभावकारी बनाउने तरिका, युआई–युएक्स, प्रम्प्ट लेखन, सुरक्षित कोडिङ, क्लाउड प्रणाली र डिजिटल भुक्तानीलगायत विषयमा प्राविधिक तथा व्यावसायिक सत्र सञ्चालन हुनेछन्।

काठमाडौं- वर्डप्रेससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ मा आयोजना हुने भएको छ। सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अटोमेसन, सुरक्षित वेब विकास, क्लाउड प्रणाली र डिजिटल भुक्तानीलगायतका विषयमा छलफल तथा प्रशिक्षण हुने आयोजकले जनाएको छ।

वर्डप्रेस काठमाडौंको आयोजनामा हुने दुईदिने सम्मेलनको पहिलो दिन ‘कन्ट्रिब्युटर डे’ हुनेछ। उक्त दिन सहभागीले वर्डप्रेसको मुख्य कोड, नेपाली भाषा अनुवाद, दस्ताबेजीकरण तथा थिम र प्लगइन परीक्षणमा योगदान गर्न सक्नेछन्। अनुभवी प्रशिक्षकबाट वर्डप्रेससम्बन्धी प्राविधिक प्रशिक्षणसमेत दिइनेछ।

दोस्रो दिन एआईको प्रयोगबाट सफ्टवेयर विकासलाई प्रभावकारी बनाउने तरिका, युआई–युएक्स, प्रम्प्ट लेखन, सुरक्षित कोडिङ, क्लाउड प्रणाली र डिजिटल भुक्तानीलगायत विषयमा प्राविधिक तथा व्यावसायिक सत्र सञ्चालन हुनेछन्।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश र फिलिपिन्सका प्राविधिक विज्ञ, उत्पादन व्यवस्थापक तथा प्रविधि समुदायका अगुवाले प्रस्तुति दिने आयोजकले जनाएको छ। नेपालमै बसेर विदेशी ग्राहकसँग काम गर्ने, डिजिटल उत्पादनलाई विश्व बजारमा पुर्‍याउने र त्यसबाट आम्दानी गर्ने विषयमा समेत व्यावहारिक छलफल हुने बताइएको छ।

सम्मेलनमा सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, विद्यार्थी, फ्रिलान्सर तथा प्रविधि उद्यमी सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार विद्यार्थी तथा नयाँ प्रतिभाले कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी रोजगारी, इन्टर्नसिप, मेन्टरसिप र व्यावसायिक सहकार्यका सम्भावनाबारे जानकारी लिन सक्नेछन्।


प्रकाशित : शुक्रबार, भदौ ५ २०८३१६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend