काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनमा भएको आयात गत आर्थिक वर्षको सोही महिनाको तुलनामा ३१.०४ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात भएको थियो। एक वर्षमै आयात ४४ अर्ब ४ करोड रुपैयाँले बढेको हो।
यस अवधिमा निर्यात भने ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। गत वर्षको साउनमा २३ अर्ब ९३ करोड रुपैयाँको निर्यात भएकोमा यस वर्ष ६१.७२ प्रतिशतले बढेको हो।
आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको साउनमा व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ थियो।
साउनमा नेपालको कुल वैदेशिक व्यापार २ खर्ब २६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।