सोमबार, वैशाख २४ गते २०८१    
images
images

न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने,  २५ प्रतिशतसम्म छुट

images
बिजनेस न्युज
images
images
न्यू इयर इभमा फोनपे गर्दा २० जनाले हेलिकप्टरमा सगरमाथा घुम्न पाउने,  २५ प्रतिशतसम्म छुट
images
images

काठमाडौं-नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनने पेमन्ट सर्विस लिमिटेडले २०७८ सालको अन्तिम दिन चैत्र ३० गते न्यू इयर इभका दिनमा फोनपे मार्फत भुक्तानी गर्ने ग्राहक र व्यवसायीलाई विशेष अफर सार्बजनिक गरेको छ। 

images
images
images

यस अफर अन्तरगत न्यू इयर इभका दिनमा फोनपे मार्फत कारोबार गर्ने १० जना ग्राहक र १० जना मर्चेन्ट (व्यवसायी)  गरि २० जनाले आकर्षक अफर प्राप्त गर्नेछन्।

images

यस अफर अन्तरगत फोनपे मार्फत कारोबार गर्नेमध्येबाट भाग्यशाली १० जना ग्राहक र १० जना मर्चेन्टले  हेलिकप्टर मार्फत विश्वकै अग्लो हिमाल सगरमाथा घुम्न पाउने छन् भने सगरमाथा आधार शिविर नजिक रहेको होटल एभरेष्ट भ्यूमा ब्रेक फाष्ट गर्ने अवसर प्राप्त हुनेछ। 

images

फोनपेले डिजिटल करोबारलाई प्रोत्साहन गर्नका लागि यस किसिमको योजना सार्बजनिक गरेको हो। यो योजनामा २९ गते राति १२ बजेदेखि ३० राति १२ बजेसम्म कारोबार गर्ने सबै व्यक्ति र मर्चेन्ट सहभागी हुनेछन्। विजेता गोला प्रथा मार्फत घोषणा गरिनेछ। 

images
images

यस्तै सोही दिन विभिन्न बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाले समेत छुट तथा क्यासब्याक अफर सार्बजनिक गरेका छन्। सोही दिन एनआइसी एशिया बैंक, इसेवा, लक्ष्मी बैंक, एनएमबी बैंक, मेगा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सिभिल बैंक, आइएमई पे, खल्ती, प्रभुपे मार्फत क्यूआर स्क्यान गर्दा १० प्रतिशत छुट तथा क्यासब्याक प्राप्त गर्न सकिनेछ। यसैगरि भोजडिल,फुडमांडु ,सेल्सबेरी, डेलि ग्रोसरि,खानपिन लगायतका ठाउँमा क्यूआर भुक्तानी गर्दा २५ प्रतिशत सम्म छुट प्राप्त सकिनेछ।

 

images

प्रकाशित : बिहीबार , चैत २४ २०७८०१:००
प्रतिक्रिया दिनुहोस