बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सामान्य बढ्यो सेयर बजार, ४ अर्ब ४० करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ४ २०८३
सामान्य बढ्यो सेयर बजार, ४ अर्ब ४० करोड रुपैयाँको कारोबार

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६२९.४० बिन्दुमा पुगेको छ। आज सेयर बजारमा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३२ कम्पनीको सेयर मूल्य बढेको छ। आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

काठमाडौं- साताको चौथो कारोबार दिन आज बिहीबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक समान्य अंकले बढेर बन्द भएको छ।

अघिल्लो दिन ०.२६ अंकले घटेको बजार आज भने ७.१७ अंकले बढेको हो।आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६२९.४० बिन्दुमा पुगेको छ।

आज सेयर बजारमा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११३२ कम्पनीको सेयर मूल्य बढेको छ। आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज सेयर बजारमा ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर ४७ हजार ९०१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँको कारोबार भएको छ। आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा ९ वर्षे कृषि ऋणपत्रको ५० करोड ६५ लाख रुपैयाँ बराबरका सेयर किनबेच भएको छ।आज सेन्सेटिभ इन्डेक्स पनि ०.४० अंकले घटेर ४६२ बिन्दुमा पुगेको छ। 

सेयर बजारका १३ उपसूचकमध्ये ६ वटाको सेयर मूल्य घटेको छ भने ८ वटाको बढेको छ।


प्रकाशित : बिहीबार , भदौ ४ २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend