बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रिडी-भेँडुवा र रिडी-खर्ज्याङ सडकखण्डका प्रभावितलाई १० करोड ३६ लाख क्षतिपूर्ति वितरण

बिहीबार , भदौ ४ २०८३
रिडी-भेँडुवा र रिडी-खर्ज्याङ सडकखण्डका प्रभावितलाई १० करोड ३६ लाख क्षतिपूर्ति वितरण

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-भेँडुवा सडकखण्डका १३८ जना र रिडी-खर्ज्याङ सडकखण्डका ४६ जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो।

गुल्मी- मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी-भेँडुवा र रिडी-खर्ज्याङ सडकखण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन्।

मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सडक विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई १० करोड ३६ लाख ७१ हजार ४५९ रूपैयाँ क्षतिपूर्तिबापतको रकम उपलब्ध गराएको छ। 

मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्यांकनका आधारमा उक्त रकम सम्बन्धित घरधनीहरूको बैंक खातामा उपलब्ध गराएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिए।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-भेँडुवा सडकखण्डका १३८ जना र रिडी-खर्ज्याङ सडकखण्डका ४६ जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो। रासस


प्रकाशित : बिहीबार , भदौ ४ २०८३१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend