बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

घोराही सिमेन्टको नोक्सानी घट्यो, सञ्चालन नाफामा सुधार

बिहीबार , भदौ ४ २०८३
घोराही सिमेन्टको नोक्सानी घट्यो, सञ्चालन नाफामा सुधार

समीक्षा अवधिमा कम्पनीले २९ करोड ६३ लाख ४५ हजार ८२७ रूपैयाँ सञ्चालन नाफा कमाएको छ।

काठमाडौं-  घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सञ्चालन नाफामा सुधार आएको छ भने नोक्सानी घटेको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवमा कम्पनीले ३० करोड ८० लाख ७२ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ५५ करोड ४३ लाख ६४ हजार रूपैयाँको तुलनामा ४४.४३ प्रतिशतले कम हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ६.३८ प्रतिशतले घटेर ४ अर्ब ७२ करोड ९९ लाख २८ हजार ३५५ रूपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ५ अर्ब ५ करोड २५ लाख ३० हजार ३७५ रूपैयाँ सञ्चालन आम्दानी गरेको थियो। 

बिक्री लागत १२.८२ प्रतिशतले घटेर ३ अर्ब ५८ करोड ९१ लाख ५१ हजार रूपैयाँमा झरेपछि कम्पनीको कुल नाफा ५९.५४ प्रतिशतले बढेर १ अर्ब १३ करोड ९७ लाख ७६ हजार रूपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको कुल नाफा ७१ करोड ४४ लाख ५ हजार रूपैयाँ मात्र रहेको थियो।

प्रशासनिक तथा बिक्री खर्च २७.२० प्रतिशतले घटेर २१ करोड ३३ लाख ७९ हजार ८९९ रूपैयाँमा सीमित भएपछि कम्पनीको सञ्चालन नाफा मा १६०६.८९ प्रतिशतको व्यापक सुधार आएको छ।

समीक्षा अवधिमा कम्पनीले २९ करोड ६३ लाख ४५ हजार ८२७ रूपैयाँ सञ्चालन नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्ष १ करोड ७३ लाख ६१ हजार रूपैयाँ मात्र थियो।

कम्पनीको वित्तीय लागत २८.३४ प्रतिशतले घटेर ६३ करोड ६७ लाख ८१ हजार ३३९ रूपैयाँमा झरेपछि कर अघिको नोक्सानी पनि ४८.८५ प्रतिशतले घटेर ३४ करोड ३४ लाख ३५ हजार  रूपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नोक्सानी ६७ करोड १४ लाख ५ हजार  रूपैयाँ रहेको थियो।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ४४ लाख ५४ हजार २७० रूपैयाँ रहेको छ भने सेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख ६८ हजार  रूपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति ५.३९ प्रतिशतले घटेर २१ अर्ब ३९ करोड ७६ लाख ९८ हजार रूपैयाँ कायम भएको छ। जसमध्ये गैरचालु सम्पत्ति १८ अर्ब १६ करोड ६४ लाख ४६ हजार रूपैयाँ र चालु सम्पत्ति ३ अर्ब २३ करोड १२ लाख ५२ हजार रूपैयाँ रहेको छ।

कम्पनीसँग असार मसान्तसम्म ४.३० प्रतिशतले बढेर ३५ करोड ५७ लाख २१ हजार ५९८ रूपैयाँ नगद तथा नगद सरहको रकम रहेको छ।

वित्तीय सूचकहरूतर्फ कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक ५.४८ रूपैयाँ रहेको छ। त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.०५ रूपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८०.४७ रूपैयाँ र तरलता अनुपात ०.९६७ गुणा रहेको छ।


प्रकाशित : बिहीबार , भदौ ४ २०८३११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend