काठमाडौं- भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेको बहुप्रतीक्षित सिएरा ईभी नेपाल आइपुगेको छ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुने 'नाडा अटो शो' मा सिएरा ईभी आधिकारिकरूपमा सार्वजनिक गरिँदैछ।
आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको सिएरा ईभी नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क ईभी मोडल हो। भारतीय बजारमा बिक्री र बुकिङका नयाँ मापदण्ड कायम गरेको यस गाडीले नेपाली विद्युतीय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको सिएरा ईभीले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ।
दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत सिएरा ईभी नाडा अटो शोमा अवलोकन गर्न सकिने छ।