बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

आज नौवटा संसदीय समितिको बैठक, विधेयकदेखि अख्तियारका कामकारबाहीसम्म छलफल हुँदै

बिहीबार , भदौ ४ २०८३
आज नौवटा संसदीय समितिको बैठक, विधेयकदेखि अख्तियारका कामकारबाहीसम्म छलफल हुँदै

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। छलफलमा अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ।

काठमाडौं- संघीय संसद् मातहतका नौवटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएका कारण आज विभिन्न समितिका बैठक एकै दिन बस्न लागेका हुन्।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। छलफलमा अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। समितिले ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची तय गरेको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल गरिनेछ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल हुनेछ । बैठक बिहान १० बजेका लागि तय गरिएको छ।

पूर्वाधार विकास समितिले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत सञ्चालित बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल गर्नेछ। उक्त बैठक पनि बिहान १० बजे बस्नेछ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ। रासस

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्दैछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुनेछ।

सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक बिहान १० बजे बस्नेछ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम रहेको छ।


प्रकाशित : बिहीबार , भदौ ४ २०८३०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend