बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

खुकुरी बनाउने दम्पतीलाई वर्ल्डलिंकको सहयोग, बनाइदियो सुरक्षित टहरा

बुधबार, भदौ ३ २०८३
खुकुरी बनाउने दम्पतीलाई वर्ल्डलिंकको सहयोग, बनाइदियो सुरक्षित टहरा

परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले कम्पनीले उक्त टहरा बनाइदिएको हो।

सल्यान- वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले परम्परागतरूपमा खुकुरी निर्माण गर्दै आइरहेका एक परिवारलाई सहयोग गरेको छ।

सल्यानको खलंगास्थित विश्वकर्मा टोलमा खुकुरी बनाउने काम गर्दै आएका राजु विक र पार्वती विकलाई वर्ल्डलिंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो।

पछिल्लो समय बजार अभाव तथा युवा पलायनका कारण सीप हस्तान्तरण हुन नसकिरहेको अवस्था छ। परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले उक्त टहरा बनाइदिएको कम्पनीले जनाएको छ।

वर्ल्डलिंकको सहयोगले व्यवसायलाई निरन्तरता दिन थप हौसला मिलेको लाभग्राही राजु विकले बताए। खुकुरी निर्माणमा प्रयोग हुने परम्परागत ज्ञान, सीप र प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्दै स्थानीय मौलिकता जोगाउनु आवश्यक रहेको स्थानीयको भनाइ छ।

टहरा हस्तान्तरण कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका सदस्य तथा वर्ल्डलिंकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा परम्परागत सीप तथा व्यवसायको संरक्षणका लागि स्थानीय समुदाय, सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

वर्ल्डलिंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा आर्थिकरूपमा पछाडि परेका समुदायको सीप संरक्षण, व्यवसाय प्रवर्द्धन र दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


प्रकाशित : बुधबार, भदौ ३ २०८३१७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend