बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

किसानको आयआर्जन बढाउन सत्यवतीमा प्रोत्साहन तथा अनुदान कार्यक्रम

बुधबार, भदौ ३ २०८३
किसानको आयआर्जन बढाउन सत्यवतीमा प्रोत्साहन तथा अनुदान कार्यक्रम

उन्नत जातका पशु खरिदका लागि इच्छुक किसानले यही भदौ १५ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

गुल्मी- सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ।

पालिकाले गाईपालन व्यवसायलाई प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले प्रतिगाई १० हजार रूपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइउने भएको छ। उक्त प्रोत्साहन पाउन २०८३ साउन १ गतेदेखि २०८४ असार १५ गतेभित्र आफ्नो फार्म वा घरमा पालेको गाई पहिलोपटक ब्याएको हुनुपर्ने पालिकाले जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत पशुपक्षी विकास कार्यक्रमअन्तर्गत गाईको बाच्छी हुर्काउने किसानलाई प्रोत्साहन गर्न लागिएको सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए।

त्यसैगरी, उन्नत जातका गाईभैँसी तथा राँगो खरिद गरी व्यावसायिक रूपमा पशुपालन गर्न चाहने किसान, फार्म, समूह तथा सहकारीहरूलाई प्रतिपशु २५ हजार रूपैयाँ अनुदान दिने घोषणा गरिएको छ।

उन्नत जातका पशु खरिदका लागि इच्छुक किसानले यही भदौ १५ गतेभित्र प्रस्ताव पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा सहभागी हुने किसानलाई आवश्यक कागजातसहित गाउँपालिका कार्यालयमा निवेदन सूचित गरिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ३ २०८३१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend