बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

बुधबार, भदौ ३ २०८३
पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरो खसेसँगै सडकमा ढुंगा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ।

पाल्पा- पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। पहिरो खसेसँगै सडकमा ढुंगा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको छ। 

राजमार्गको पाल्पा-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

आज बिहान ७ बजेको समयमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। पहिरो खसेको स्थानमा सडक खुलाउने तथा अवरोध हटाउने तयारी भए पनि निरन्तर पहिरो झरिरहेका कारण तत्कालै काम सुरु गर्न सक्ने अवस्था नरहेको भट्टराईले बताए।

राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सवारीसाधन बाटोमै रोकिएका छन्। उक्त मार्ग भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारीसाधन सञ्चालन हुन्छ।

प्रहरीले पहिरो प्रभावित क्षेत्रमा अनावश्यकरूपमा आवतजावत नगर्न तथा सडक खुल्ने अवस्था नआएसम्म यात्रु तथा चालकलाई सुरक्षित स्थानमा रहन प्रहरी प्रशासनले सबैमा अनुरोध गरेको छ। रासस


प्रकाशित : बुधबार, भदौ ३ २०८३११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend