बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

हेटौँडास्थित सहिद स्मारकमा टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार रूपैयाँ संकलन

मंगलबार, भदौ २ २०८३
हेटौँडास्थित सहिद स्मारकमा टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार रूपैयाँ संकलन

स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो।

बागमती- हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० रूपैयाँ संकलन गरेको छ।

स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो। हरेक दिन बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म स्मारक खुला हुने गरेको लेखा अधिकृत आशिष विडारीले जानकारी दिए।

घुम्न आउने विद्यार्थीका लागि ३० रूपैयाँ, सर्वसाधारणका लागि ५०, सार्क राष्ट्रका लागि १०० र अन्य पर्यटकका लागि १५० रूपैयाँ शुल्क निर्धारण गरिएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ २ २०८३१७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend