बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा ३९ करोड ९० लाख, प्रतिसेयर नेटवर्थ ५०३ रूपैयाँ ३२ पैसा

मंगलबार, भदौ २ २०८३
रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा ३९ करोड ९० लाख, प्रतिसेयर नेटवर्थ ५०३ रूपैयाँ ३२ पैसा

बिक्री लागत ३.७३ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ७४ लाख रूपैयाँ  पुगेको छ। कम्पनीको कुल मुनाफा ६.९९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड ५२ लाख रूपैयाँ कायम भएको छ।

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सञ्चालन आम्दानीमा सामान्य सुधार आए तापनि बिक्री लागत र सञ्चालन खर्चमा भएको उच्च वृद्धिका कारण खुद नाफामा गिरावट आएको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४७ करोड ५८ लाख ११ हजार रूपैयाँको तुलनामा १६.१४ प्रतिशतले घटेर ३९ करोड ९० लाख २९ हजार रूपैयाँमा सीमित भएको छ। 

कम्पनीको सञ्चालन आम्दानी भने गत वर्षको १० अर्ब २३ करोड ७८ लाख ४८ हजार रूपैयाँको तुलनामा २.१७ प्रतिशतले बढेर १० अर्ब ४५ करोड ९६ लाख ७५ हजार रूपैयाँ पुगेको छ।

बिक्री लागत ३.७३ प्रतिशतले बढेर ९ अर्ब ४ करोड ७४ लाख रूपैयाँ  पुगेको छ। कम्पनीको कुल मुनाफा ६.९९ प्रतिशतले घटेर १ अर्ब ३८ करोड ५२ लाख रूपैयाँ कायम भएको छ।

यस अवधिमा कम्पनीको प्रशासनिक तथा अन्य खर्च ४१.६२ प्रतिशतले बढेर ४५ करोड ५४ लाख पुगेको छ भने बिक्री तथा वितरण खर्च १८.६६ प्रतिशतले बढेर २१ करोड ६३ लाख रूपैयाँ पुगेको छ।

यसका साथै अन्य आम्दानी ४८.९६ प्रतिशतले घटेर २ करोड ६६ लाख रूपैयाँमा सीमित हुँदा सञ्चालन नाफामा २८.६५ प्रतिशतको गिरावट आइ ७४ करोड १ लाख रूपैयाँमा खुम्चिएको छ। तर, कम्पनीको वित्तीय खर्च भने ३९.१५ प्रतिशतले घटेर  २६ करोड ९८ लाख रूपैयाँमा झरेको छ।

सम्पत्ति तथा पुँजीको स्थिति हेर्दा कम्पनीको चुक्ता पुँजी ११.२८ प्रतिशतले बढेर १ अर्ब ९० करोड रूपैयाँ पुगेको छ भने जगेडा कोष ३१.५८ प्रतिशतले बढेर ७ अर्ब ६६ करोड ३० लाख रूपैयाँ पुगेको छ। यससँगै कुल सेयरधनी कोष २७.०१ प्रतिशतले बढेर ९ अर्ब ५६ करोड ३० लाख रूपैयाँ पुगेको छ भने कुल सम्पत्ति ६.१८ प्रतिशतले घटेर १३ अर्ब ९९ करोड ३४ लाख रूपैयाँमा कायम भएको छ। 

वित्तीय सूचकहरूमा कम्पनीको प्रतिसेयर आम्दानी २४.६४ प्रतिशतले घटेर २१ रूपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १४.१० प्रतिशतले सुध्रिएर ५०३ रूपैयाँ ३२ पैसा पुगेको छ र तरलता अनुपात २.०७ रहेको छ।

मूल्य-आम्दानी अनुपात १४१.४२ गुणा रहेको छ। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कच्चा पदार्थ ढुवानीमा ढिलासुस्ती, अमेरिकी डलरको विनिमय दरमा हुने उतारचढाव र नेपाल विद्युत प्राधिकरणसँगको डेडिकेटेड तथा ट्रंकलाइन विद्युत महसुलसम्बन्धी अदालतमा विचाराधीन मुद्दालाई मुख्य व्यावसायिक चुनौतीका रूपमा देखाएको छ।


प्रकाशित : मंगलबार, भदौ २ २०८३१७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend