बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

होटल तथा पर्यटन क्षेत्रका सूचीकृत कम्पनीको लाभांश क्षमता कस्तो?

बुधबार, भदौ ३ २०८३
होटल तथा पर्यटन क्षेत्रका सूचीकृत कम्पनीको लाभांश क्षमता कस्तो?

हाल १ अर्ब २७ करोड ५१ लाख ५० हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको सोल्टी होटलको नाफाका आधारमा यस वर्षको लाभांश क्षमता ५९.६९ प्रतिशत पुगेको छ। यो सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूमध्ये सबैभन्दा उच्च हो।

काठमाडौं- होटल तथा पर्यटन क्षेत्रका ८ वटा सूचीकृत कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमध्ये सोल्टी होटल लिमिटेडले लाभांश क्षमता उच्च देखिएको छ।

हाल १ अर्ब २७ करोड ५१ लाख ५० हजार २ सय ४० रुपैयाँ चुक्ता पुँजी रहेको सोल्टी होटलको नाफाका आधारमा यस वर्षको लाभांश क्षमता ५९.६९ प्रतिशत पुगेको छ। यो सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूमध्ये सबैभन्दा उच्च हो।

सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सोल्टी होटलले ७६ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ।

सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरण तथा चुक्ता पुँजीका आधारमा यस क्षेत्रका कम्पनीहरूको वित्तीय अवस्था हेर्दा सोल्टी होटलबाहेक कालिञ्चोक दर्शन लिमिटेडको लाभांश क्षमता ९.१६ प्रतिशत र चन्द्रागिरि हिल्स लिमिटेडको लाभांश क्षमता ५.१२ प्रतिशत रहेको छ।

कालिञ्चोक दर्शनले ६३ करोड रुपैयाँ चुक्ता पुँजीमा ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने चन्द्रागिरि हिल्सले १ अर्ब ६१ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजीमा ८ करोड २४ लाख रुपैयाँ नाफा हासिल गरेको छ।

यता ओरिएन्टल होटल्स, सिटी होटल, तारागाउँ रिजेन्सी, बन्दीपुर केवलकार र होटल फरेस्ट इन लगायतका कम्पनीहरू भने समीक्षा अवधिमा खुद नोक्सानीमा रहेकाले तिनीहरूको लाभांश क्षमता शून्य देखिएको छ। 

ओरिएन्टल होटल्सले ४ करोड ७४ लाख रुपैयाँ र सिटी होटलले १७ करोड ५० लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन्।

त्यसैगरी होटल फरेस्ट इन २४ करोड ४५ लाख रुपैयाँ, बन्दीपुर केवलकार १ करोड ३६ लाख रुपैयाँ र तारागाउँ रिजेन्सी होटल्स ७० करोड ५७ लाख रुपैयाँ खुद नोक्सानीमा रहेका छन्।

hotal paryatan.PNG


प्रकाशित : बुधबार, भदौ ३ २०८३११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend