काठमाडौं- यो साता लगातार दुईदिन बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ।
मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रूपैयाँ कायम छ। यो साता सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यो साता आइतबार सुन प्रतितोला ३ हजार ६ सय रूपैयाँले बढेको थियो भने सोमबार प्रतितोला १ हजार ६ सय रूपैयाँले महँगिएको थियो।
चाँदीको मूल्य भने मंगलबार सामान्य घटेको छ। मंगलबार चाँदी तोलामा १५ रूपैयाँले घट्दै प्रतितोला ४ हजार ७५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला ४ हजार ७७० रूपैयाँमा कारोबार भएको थियो।