काठमाडौं- प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस गरेकोमा बहुमतले स्वीकृत भएको थियो।
यसअघि साउन २६ गतेको बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि उक्त प्रस्तावसम्बन्धी कार्यसूची अघि बढ्न सकेको थिएन। रासस