बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

गोसाइँकुण्ड मेला : होटल तथा लजको सेवा शुल्क निर्धारण, खाना-नास्ताको कति लाग्छ?

सोमबार, भदौ १ २०८३
गोसाइँकुण्ड मेला : होटल तथा लजको सेवा शुल्क निर्धारण, खाना-नास्ताको कति लाग्छ?

यसवर्ष १० हजारभन्दा बढी यात्रु गोसाइँकुण्ड मेला भर्न आउने अपेक्षा गरिएको धुन्चेस्थित  बौद्ध धर्मगुरू लामा रेञ्जन घलेले जानकारी दिए।

रसुवा- जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी पदमार्गमा खोलिएका होटल तथा लजको सेवा शुल्क निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षसमेतको सहभागितामा गत वर्षको जस्तै चिया, नास्ता, खाना तथा लजबापतको शुल्क निर्धारण गरिएको हो।

निर्धारित शुल्कअनुसार धुन्चे-घट्टेखोला आसपासमा प्रतिकप ३० रूपैयाँ हुँदै गोसाइँकुण्डमा ८५, दालभात-तरकारीको २७५ हुँदै ६ सय रूपैयाँ तथा सुतेको ३ सय हुँदै ६ सय रूपैयाँसम्म शुल्क लाग्ने छ।

बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार तोकिएकोभन्दा बढी रकम लिन नपाइने र सबैले देख्ने गरी सेवा शुल्क टाँस्नुपर्ने व्यवस्था गरिएको छ।

यात्रुसँग बढी शुल्क लिएको पाइएमा सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दै उनले भने, 'पवित्र गोसाइँकुण्ड मेला भर्न आउने तीर्थयात्रुको पक्षमा निर्णय गरिएको छ। सरोकारवाला सबै पक्षको सहयोग र सहकार्यमा सुरक्षा, स्वास्थ्य, यातायात, सरसफाइ तथा खाद्यान्न व्यवस्थापनलगायतका तयारी पूरा भएको छ। वर्षाको समयमा मौसम ख्याल गरी आउनुहुन सबैमा अनुरोध छ।'

यसवर्ष १० हजारभन्दा बढी यात्रु गोसाइँकुण्ड मेला भर्न आउने अपेक्षा गरिएको धुन्चेस्थित  बौद्ध धर्मगुरू लामा रेञ्जन घलेले जानकारी दिए।

यसैगरी, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले सरकारी, गैरसरकारी संघ-संस्था, नागरिक समाज र पेसा व्यवसायीको समेतको सहयोग, समन्वयमा र सहकार्यमा  तीर्थयात्रुलाई राहत दिनेगरी आवश्यक व्यवस्था मिलाइसकिएको बताए। रासस


प्रकाशित : सोमबार, भदौ १ २०८३१५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend