बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

चार वर्ष मलेसिया बसेर फर्किएका मनबहादुरको गाउँठाउँमै पौरख, अकबरे खुर्सानीले दिँदैछ राम्रो प्रतिफल

सोमबार, भदौ १ २०८३
चार वर्ष मलेसिया बसेर फर्किएका मनबहादुरको गाउँठाउँमै पौरख, अकबरे खुर्सानीले दिँदैछ राम्रो प्रतिफल

बाँझो रहेको जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा उनलाई लिन सकिन्छ।

स्याङ्जा- मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन्। उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हुन्। यतिखेर सार्की परिवारको जीवन गुजाराको आधार अकबरे खुर्सानीखेती बनेको छ। 

स्याङ्जाको वालिङ नगरपालिका-१३ रियालेका बाँदरले नखाने, बजार मूल्य राम्रो भएको  र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती गरेका हुन्। '१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,' उनले भने, 'अहिले त आम्दानी लिन थालिसकेको छु।'

उनले साउन मसान्तसम्म ८ सय केजी खुर्सानी प्रतिकेजी २ सयका दरले बिक्री गर्दै आएका छन्। बारीमा एक हजार २ सय केजी खुर्सानी टिप्न बाँकी छ। उनले छोटो अवधिमा खुर्सानी बिक्रीबाट एक लाख ६० हजार आम्दानी गरेका छन्।

'यहाँ उत्पादन भएको खुर्सानी बिक्रीका लागि अहिलेसम्म बजारको समस्या छैन,' उनले भने, 'खुर्सानी स्थानीय बजार तथा पोखराका बजारमा बिक्री हुँदै आएको छ।'

चार वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गरेका उनले आफ्नै गाउँठाउँमा फर्केर व्यवसाय गर्ने क्रममा खुर्सानीखेती रोजेका हुन्। बाँझो रहेको जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा उनलाई लिन सकिन्छ। रासस


प्रकाशित : सोमबार, भदौ १ २०८३१३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend