काठमाडौं- सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव नामक चाडपर्व विशेष योजना घोषणा गरेको छ। यो योजना कम्पनीको प्यासेन्जर कार एसयूभी तथा लाइट कमर्सियल गाडीमा लागु हुनेछ।
दसैँ-तिहारको अवसरमा सुजुकी स्वामित्वलाई थप सहज र फाइदाजनक बनाउने उद्देश्यले ल्याइएको यो योजनाले ब्रान्डको विश्वास, पारदर्शिता र आफ्टर-सेल्स मूल्यप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुनः पुष्टि गर्छ।
सुजुकी पर्वोत्सव अन्तर्गत ग्राहकहरूले १ लाखसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मत सेवा) पार्ट्स र एक वर्षको निःशुल्क बीमा पाउनेछन्। सुविधाहरू मोडेल अनुसार फरक-फरक हुनेछन् र देशभरका सुजुकी शोरूममा उपलब्ध हुनेछ।
यो योजनाबाट अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई-भिटारालगायत सुजुकीको सम्पूर्ण सवारीमा उपलब्ध हुनेछ। चाडपर्वलाई लक्षित गर्दै यो योजना २०८३ साउन २७ देखि कार्तिक अन्तिमसम्म लागु हुनेछ।
पहिले नै सञ्चालनमा रहेको ई-भिटारा पहिलो १०० वटा प्रोमोसनल योजना छुट्टै अफरका रूपमा यथावत् जारी रहनेछ। पहिलो १०० वटा बिक्री पूरा भएपछि मोडेल अनुसारको सुजुकी पर्वोत्सव सुविधा स्वतः ई-भिटारामा पनि लागु हुने कम्पनीले जनाएको छ।
विद्युतीय सवारीमा सुजुकीको निरन्तर प्रतिबद्धताको हिस्साका रूपमा ई-भिटारा ग्राहकहरूले गाडीसँगै आउने ३ किलोवाटको चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर पनि निःशुल्क पाउनेछन्।
'सुजुकी पर्वोत्सवले चाडपर्वको यस अवसरमा हाम्रा ग्राहकहरूलाई थप मूल्य र पारदर्शिता प्रदान गर्ने हाम्रो निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्छ,' सीजी मोटोकर्पका महाप्रबन्धक सिराज पन्तले भने, 'हामी सम्भावित ग्राहकहरूलाई आफ्नो नजिकको सुजुकी शोरूम, र विशेष गरी २५ देखि ३० अगस्ट २०२६ सम्म हुने नाडा अटो शोमा पुगेर मोडेल-विशेष सुविधाबारे थप जानकारी लिन र यो सीमित अवधिको अवसरको लाभ उठाउन आग्रह गर्दछौँ।'
इच्छुक ग्राहकहरूलाई पूर्ण विवरण, भेरियन्ट-स्तरीय योग्यता र आवश्यक कागजातका लागि आफ्नो नजिकको सुजुकी शोरूममा सम्पर्क गर्न कम्पनीले भनेको छ। नेपालले प्यासेन्जर कार एसयूभी तथा लाइट कमर्सियल गाडी देशभरका ४२ अधिकृत आउटलेटमार्फत बिक्री र सेवा प्रदान सुजुकीले उपलब्ध गराउँदै आएको छ।