बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

'वितरण च्यानलमार्फत ग्यास नदिएर सरकारले अनावश्यक प्रचारबाजी गरिरहेको छ'

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०८३
'वितरण च्यानलमार्फत ग्यास नदिएर सरकारले अनावश्यक प्रचारबाजी गरिरहेको छ'

'बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ।'

काठमाडौं- ग्यास बिक्रेता महासंघ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ।

ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकैको बिक्रेतामार्फत उपभोक्तालाई सहज रुपमा ग्यास पाउन व्यवस्था गर्न माग गरेको हो।

'यति लामो समयसम्म ग्यास किन अभाव भयो भन्ने कुरामा सरकारको पटकै ध्यान पुगेको देखिन्न' महासंघले भनेको छ। सरकारका विभिन्न निकायहरु समस्याको समाधानभन्दा अनावश्यक प्रचारबाजीमा लागेको महासंघले जनाएको छ।

'बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ' महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विगत चार महिनामा करिव ६० हजार मेट्रिकटन कम आयात गरिएको र ग्यासको प्रभावकारी वितरण च्यानल बिक्रेतामार्फत ग्यास बिक्री नगरी ग्यास उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको महासंघले जनाएको छ। 

'बजारमा चाहिनेभन्दा बढी लाखौँ सिलिन्डर छरिएकाले आज यो स्थिति उत्पन्न भएको हो, अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएकाले आगामि वर्षमा पनि यो समस्या थप जटिल चनेर आउने निश्चित छ' महासंघले भनेको छ।

तत्काल विभिन्न नामका बिक्री केन्द्र बन्द गरी बिक्रेतामार्फत बिक्रीवितरण सहज गरि उपभोक्तालाई अनाश्यक सास्ती नदिन र वास्तविक समस्या समाधानमा केन्द्रित हुन महासंघले माग गरेको छ। 


प्रकाशित : आइतबार, साउन ३१ २०८३१६:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend