बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

जीवन बीमा कम्पनीको नाफा ५ अर्ब ४४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनी २ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०८३
जीवन बीमा कम्पनीको नाफा ५ अर्ब ४४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनी २ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १४ जीवन बीमा कम्पनीले कुल ६ अर्ब ८ करोड ६० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। यस आधारमा समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको समग्र नाफामा ६४ करोडभन्दा बढीको कमी आएको देखिन्छ।

काठमाडौं-  गत आर्थिक वर्ष २०८२/०८३ मा १४ वटा जीवन बीमा कम्पनीले कुल ५ अर्ब ४४ करोड ५२ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। 

कम्पनीहरूले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरूको समग्र नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.५३ प्रतिशतले घटेको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १४ जीवन बीमा कम्पनीले कुल ६ अर्ब ८ करोड ६० लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। यस आधारमा समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको समग्र नाफामा ६४ करोडभन्दा बढीको कमी आएको देखिन्छ।

नाफा रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स अगाडि रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५८ करोड ४२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ५८ करोड ३३ लाख १ हजार रुपैयाँको तुलनामा ०.१६ प्रतिशत बढी हो।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५८ करोड २६ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २.१८ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष रिलायबल नेपाल लाइफले ५७ करोड १ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो।

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा भने १५.०२ प्रतिशतले घटेको छ। कम्पनीले समीक्षा अवधिमा ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५४ करोड ७६ लाख ८५ हजार रुपैयाँ रहेको थियो।

सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ४१ करोड ८५ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२.८४ प्रतिशत कम हो।

एशियन लाइफ इन्स्योरेन्सको नाफा भने १.१९ प्रतिशतले बढेर ४१ करोड ४२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को खुद नाफा २८.४५ प्रतिशतले बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ।

नाफा वृद्धिदरका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०६.६३ प्रतिशतले बढेर ३९ करोड ८ लाख ४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १८ करोड ९१ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा १.६९ प्रतिशतले बढेर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ पुगेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८.५५ प्रतिशतको वृद्धि हासिल गर्दै ३८ करोड २ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यता, मेट लाइफको खुद नाफा ५५.२९ प्रतिशतले घटेर ३७ करोड ९२ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा भने १.३१ प्रतिशतले बढेर ३७ करोड ५९ लाख ३ हजार रुपैयाँ पुगेको छ।

नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा १०.२३ प्रतिशतले घटेर ३७ करोड ६ लाख १६ हजार रुपैयाँमा झरेको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४१.९० प्रतिशतले घटेर ३१ करोड ७७ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको वित्तीय अवस्था भने नाफामा सुधार हुन सकेन। कम्पनीले गत आर्थिक वर्षमा २ करोड ३८ लाख १ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षमा भने कम्पनी २ करोड १४ लाख ७७ हजार रुपैयाँ नाफामा रहेको थियो।

समग्रमा समीक्षा अवधिमा अधिकांश जीवन बीमा कम्पनीले नाफा वृद्धि गर्न सके पनि ठूला केही कम्पनीको नाफामा आएको गिरावटका कारण समग्र जीवन बीमा क्षेत्रको खुद नाफा अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ।

 नाफा रकमका आधारमा आईएमई लाइफ अगाडि छ भने नाफा वृद्धिदरका आधारमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ।


प्रकाशित : आइतबार, साउन ३१ २०८३१२:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend