बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

रिकभरी नहुँदा संकटमा निर्जीवन बीमा क्षेत्र, खुद नाफामा ३९ प्रतिशतको गिरावट

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ३१ २०८३
रिकभरी नहुँदा संकटमा निर्जीवन बीमा क्षेत्र, खुद नाफामा ३९ प्रतिशतको गिरावट

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका यी कम्पनीहरूको नाफा गत आर्थिक वर्षमा ३९ प्रतिशतले घटेर २ अर्ब ७९ करोड १५ लाख रुपैयाँमा सीमित भएको हो।

काठमाडौं- बाढीपहिरो तथा जेनजी आन्दोलनका कारण भएको क्षतिको दाबी भुक्तानी र रिकभरी हुन नसक्दा निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका यी कम्पनीहरूको नाफा गत आर्थिक वर्षमा ३९ प्रतिशतले घटेर २ अर्ब ७९ करोड १५ लाख रुपैयाँमा सीमित भएको हो।

समीक्षा अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीहरूको वित्तीय सूचक प्रभावित हुँदा प्रभु इन्स्योरेन्सबाहेक अन्य सबै कम्पनीको मुनाफा ओरालो लागेको छ। 

प्रभु इन्स्योरेन्सले आफ्नो नाफा १९ प्रतिशतले बढाएर २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ पुर्‍याउन सफल भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको थियो।

यसैगरी राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफा ३२.७४ प्रतिशतले घट्दै ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँ कायम भएको छ।

नेशनल इन्स्योरेन्स भने घाटामा गएको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षमा १३ करोड १० लाख ७५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

non life333.jpg


प्रकाशित : आइतबार, साउन ३१ २०८३१२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend