काठमाडौं- नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा ३ हजार ६ सय र चाँदी ५० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला सुन ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदी ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३ सय ७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।