बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

यातायात व्यवस्था कार्यालय तुलसीपुरद्वारा गत आवमा ५८ करोड ५३ लाख राजस्व संकलन

शनिबार, साउन ३० २०८३
यातायात व्यवस्था कार्यालय तुलसीपुरद्वारा गत आवमा ५८ करोड ५३ लाख राजस्व संकलन

सबैभन्दा बढी सवारी करबाट ४२ करोड तीन लाख ४१ हजार ९३५ रूपैयाँ राजस्व संकलन भएको हो।

दाङ- यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा ५८ करोड ५३ लाख ७९ हजार ४५९ रूपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका सूचना अधिकारी ताराप्रसाद शर्माका अनुसार सबैभन्दा बढी सवारी करबाट ४२ करोड तीन लाख ४१ हजार ९३५ रूपैयाँ राजस्व संकलन भएको हो।

चालक अनुमतिपत्रबाट १० करोड ९५ लाख १६ हजार २९१, आयकरबाट तीन करोड ६६ लाख २१ हजार ७५ रूपैयाँ, बाँकी पटके कर, जाँचपासलगायत विभिन्न शीर्षकबाट संकलन भएको उनले बताए।

सूचना अधिकारी शर्माका अनुसार कार्यालयले आव २०८१/८२ मा ५४ करोड रूपैयाँ राजस्व संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलना बितेको आर्थिक वर्षमा बढी राजस्व संकलन भएको हो ।

गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा सो कार्यालयमा गरिएको आगजनी तथा तोडफोडबाट कार्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै कागतपत्र जलेर नष्ट भएको थियो। त्यसपछि उक्त कार्यालयले जलेको भवनका दुई कोठा मर्मत गरी तत्काल सेवा प्रवाह गरेकाले राजस्व संकलन वृद्धि भएको कार्यालयका निमित्त प्रमुख केशव घिमिरेले बताए।

उनका अनुसार यातायात व्यवस्था कार्यालय तुलसीपुरमा ८८ हजार ७९  मोटरसाइकल, २५ हजार २०१ जीप, कार, बसलगायत चारपांग्रे गरी एक लाख १३ हजार ७७० सवारीसाधन दर्ता भएका छन्।

यातायात व्यवस्था कार्यालयले अहिले पनि सोही कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ। रासस


प्रकाशित : शनिबार, साउन ३० २०८३१६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend