बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

शनिबार, साउन ३० २०८३
काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडदौ काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। शनिबार आयोजित समारोहमा नेपालस्थित भारतीय समुदाय, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता थियो।

काठमाडौं- काठमाडदौ काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। शनिबार आयोजित समारोहमा नेपालस्थित भारतीय समुदाय, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता थियो।

समारोहको सुरुवात ‘वन्दे मातरम्’ गायनबाट भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डा फहराएसँगै राष्ट्रिय गान बजाइएको थियो। समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिएको सम्बोधनसमेत प्रसारण गरिएको थियो।

कार्यक्रममा भारतीय राजदूतले भारतीय सशस्त्र सेनाका सेवामा रहेका क्रममा ज्यान गुमाएका ११ जना सैनिकका विधवा तथा निकटतम परिवारजनलाई सम्मान गरे। उनीहरूलाई आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) अन्तर्गत कुल ८ करोड २० लाख रूपैयाँबराबरका चेक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

WhatsApp Image 2026-08-15 at 13.17.06.jpeg

त्यसैगरी, स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो। ‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई सम्मान गरिएको हो। ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो।

दूतावासले नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयका लागि पुस्तक अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त पहल अघि बढाइएको दूतावासले जनाएको छ।

समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए। भारतीय समुदाय, भारतका मित्र तथा दूतावासका अधिकारी र उनीहरूका परिवारको उत्साहपूर्ण सहभागिताले समारोहलाई थप विशेष बनाएको थियो।

india 11 80.jpg


प्रकाशित : शनिबार, साउन ३० २०८३१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend