बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नयाँ टाटा पन्च ईभीको उत्साहजनक बुकिङसँगै नेपालभर डेलिभरी सुरु

शनिबार, साउन ३० २०८३
नयाँ टाटा पन्च ईभीको उत्साहजनक बुकिङसँगै नेपालभर डेलिभरी सुरु

नाइमा अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रूपैयाँमै खरिद गर्न सक्नेछन्।

काठमाडौं- 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६' मा लन्च गरिएको नयाँ टाटा पन्च ईभीको नेपालमा उत्साहजनक बुकिङसँगै नेपालभरी डेलिभरी सुरु भएको छ।

नयाँ टाटा पन्च ईभी हालै नेपालभरका सबै शोरुमबाट एकैसाथ लन्च गरिएको थियो। बुकिङसँगै अब डेलिभरी पनि सुरु भएको कम्पनीले जनाएको छ।

नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ निर्धारण गरिएको छ। तर, नाइमा मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रूपैयाँमै खरिद गर्न सक्नेछन्।

साथै एक्स्पोमा नयाँ पन्च ईभी गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।

अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षणअनुसार एक पटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्।

यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनक्याप ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस रहेको छ।


प्रकाशित : शनिबार, साउन ३० २०८३१४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend