बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

शनिबार, साउन ३० २०८३
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ।

हेटौँडा- बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ। 

यही साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ।

त्यसैगरी उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी हुमागाईँलाई युवा तथा खेलकुद क्षेत्र, डा सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबिराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिइएको छ।

कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डा केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधीर श्रेष्ठलाई कृषि तथा पशुपक्षी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिए।

उक्त जिम्मेवारी गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने प्रवक्ता तामाङले बताए। रासस


प्रकाशित : शनिबार, साउन ३० २०८३११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend