बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

म्याग्दीको पर्यटकीयस्थल आलडाँडामा विद्युत सुविधा विस्तार

शनिबार, साउन ३० २०८३
म्याग्दीको पर्यटकीयस्थल आलडाँडामा विद्युत सुविधा विस्तार

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो।

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो। 

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बिजुली नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा शीघ्र विद्युत् विस्तार हुनेछ। 

मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह र अन्नपूर्ण-धौलागिरि पर्यटकीय गन्तव्य हुन्। रासस


प्रकाशित : शनिबार, साउन ३० २०८३११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend