बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

कामना सेवा विकास बैंकको क्यूआर कोडमा भुक्तानी गर्दा सोझै ‘करदाता प्रोत्साहन’ लक्की ड्रमा परिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०८३
कामना सेवा विकास बैंकको क्यूआर कोडमा भुक्तानी गर्दा सोझै ‘करदाता प्रोत्साहन’ लक्की ड्रमा परिने

बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मर्चन्ट क्यूआर कोडमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागि समावेश हुनेछ। यसका लागि ग्राहकले छुट्टै कुनै कारोबार दर्ता वा कागजात अपलोड गरिरहनुपर्ने छैन। साथै, ग्राहकहरूले मोबाइल बैंकिङ एपभित्रैबाट आफ्ना योग्य कारोबारको संख्या तथा विवरण सजिलै हेर्न सक्ने व्यवस्था मिलाइएको छ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ।

बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मर्चन्ट क्यूआर कोडमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागि समावेश हुनेछ। यसका लागि ग्राहकले छुट्टै कुनै कारोबार दर्ता वा कागजात अपलोड गरिरहनुपर्ने छैन। साथै, ग्राहकहरूले मोबाइल बैंकिङ एपभित्रैबाट आफ्ना योग्य कारोबारको संख्या तथा विवरण सजिलै हेर्न सक्ने व्यवस्था छ।

आन्तरिक राजस्व विभागले यस कार्यक्रमअन्तर्गत योग्य कारोबारहरूमध्येबाट नियमित लक्की ड्र सञ्चालन गर्नेछ। जसअन्तर्गत प्रत्येक दिन एक जना भाग्यशाली विजेतालाई कर कट्टीपश्चात् १ लाख  रुपैयाँ र प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई १० लाख नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई  १ सय भन्दा बढीको खरिदमा डिजिटल माध्यमबाट भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान/भ्याट बिल लिन तथा सुरक्षित राख्न र आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न समेत आग्रह गरेको छ।


प्रकाशित : शुक्रबार, साउन २९ २०८३१७:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend