काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज शुक्रबार सामान्य अंकले घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ बिन्दुमा पुगेको छ। परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ। फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले घटेका छन्।
आज कारोबार रकममा भने सुधार आएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँ सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४४ स्टकको ४३ हजार ६० पटकको कारोबारमा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँ बराबरको ९७ लाख ५४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेड सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अर्कोतर्फ, कारोबारमा आएको सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य भने १२.८३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एग्रिकल्चरल बन्डको ७० करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।