बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०८३
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार यही साउन २८ गते दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्लाअन्तर्गत पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

रुकुमपूर्व- भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि रुकुमपूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार यही साउन २८ गते दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्लाअन्तर्गत पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सडकको अवस्था जोखिमपूर्ण रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सवारी आवागमनमा रोक लगाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमद्वारा जारी सूचनाअनुसार आज बेलुकी ७ बजेदेखि साउन ३० गते बिहान ७ बजेसम्म मध्यपहाडी राजमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। प्रशासनले दिउँसोको समयमा मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २९ २०८३१४:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend