काठमाडौं- अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को असार मसान्त (चौथो त्रैमासिक) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ४१ करोड ७५ लाख रुपैयाँको तुलनामा ठूलो वृद्धि हो।
समीक्षा अवधिमा कम्पनीको बिजुली बिक्रीबाट हुने सञ्चालन आम्दानी १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ र विक्री लागत २३ करोड ८७ लाख रहँदा कुल नाफा १ अर्ब ५२ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको १ करोड ३१ लाख २४ हजार १५९ रुपैयाँ अन्य आम्दानी, २ करोड २५ लाख ४९ रुपैयाँ कर्मचारी बोनस बापत छुट्याएपछि करअघिको नाफा १ अर्ब १० करोड ४९ लाख रुपैयाँ पुगेको छ।
कम्पनीका प्रमुख वित्तीय सूचकहरूमा पनि उल्लेख्य सुधार देखिएको छ। जसअनुसार प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ रुपैयाँबाट बढेर १५.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ। मूल्य-आम्दानी अनुपात २१.३० गुणा, करन्ट रेसियो ०.४१ र सम्पत्तिमा प्रतिफल ६.१५ प्रतिशत कायम भएको छ।