बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एक वर्षमै १ सय ४७ उत्पादनमूलक उद्योगमा ५१ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता

एक अर्ब रुपैयाँभन्दा माथि लगानी हुने १२ उद्योग

सोमबार, भदौ १ २०८३
एक वर्षमै १ सय ४७ उत्पादनमूलक उद्योगमा ५१ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता

एग्रो थाई फुड्स तराई प्रालिमा पनि १ अर्बको लगानी प्रतिबद्धता आएको छ। बारामा स्थापना हुने उद्योगले बोतल पानी, जुस, मसला मिल्क, चक्लेट मिल्क, बदाम मिल्कलगायतका वस्तुहरु उत्पादन गर्ने छ।

काठमाडौं- उद्योग विभागमार्फत आउने लगानी प्रतिबद्धता सबैभन्दा बढी भएको वर्ष हो आर्थिक वर्ष २०८२/०८३। जहाँ ५ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ। त्यसमध्ये १ सय ४७ वटा उत्पादनमूलक उद्योगतर्फ ५१ अर्ब ४२ करोड ७१ लाख ४३ हजार २ सय १८ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

उत्पादनमूलक उद्योगतर्फका १२ वटा उद्योग प्रत्येकमा एक अर्ब रुपैयाँभन्दा माथिको लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको उद्योग अन्नपूर्ण राठी केवल्स इण्ड्रस्ट्रिज लिमिटेड हो। मोरङमा स्थापना हुने यस उद्योगमा ३ अर्ब २४ करोड ७० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। 

यसैगरी दोस्रो बढी लगानी प्रतिबद्धता आएको उद्योग लुम्बिनी होनर्जि प्रालि हो। जसमा २ अर्बको लगानी प्रतिबद्धता आएको छ। बारामा स्थापना हुने उद्योगले वार्षिक ५० हजार ५ सय मेगावाट आवर क्षमताको ब्याट्री उत्पादन गर्ने छ। 

एग्रो थाई फुड्स तराई प्रालिमा पनि १ अर्बको लगानी प्रतिबद्धता आएको छ। बारामा स्थापना हुने उद्योगले बोतल पानी, जुस, मसला मिल्क, चक्लेट मिल्क, बदाम मिल्कलगायतका वस्तुहरु उत्पादन गर्ने छ।

विभागका अनुसार सोना श्री फूड्स प्रालिमा १ अर्ब ४५ करोड ९४ लाख ६६ हजार १ सय ६० रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। उद्योग बाँकेमा स्थापना हुने छ भने सनफ्वालर र सोविन तेल उत्पादन गर्ने दर्ता विवरणमा उल्लेख छ।

यसैगरी मोरङमा स्थापना हुने आरती स्टिलमा पनि १ अर्ब ६४ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार बालाजी पेपर्स प्रालिमा पनि १ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। उद्योगले वार्षिक २९ हजार १ सय मेट्रिक टन कार्फ्ट पेपर उत्पादन गर्ने जनाएको छ।

यस्तै मेडट्रोनिक मेडिकेयर मैन्युफैक्चरिंग प्राइभेट लिमिटेडमा पनि १ अर्ब ९५ करोड ६६ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार हुलास केवल एण्ड कन्डक्टर्स प्रालिमा १ अर्ब ३५ करोड र बिग प्लस मिनिरल्स प्रालिमा १ अर्ब २० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

साथै भागेश्वर रिफाइनरी आयल इण्डष्ट्रिजमा पनि १ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।

विभागको तथ्यांकअनुसार अपोलो स्टिल प्रालिमा १ अर्ब ६३ करोड र रिसिका सुगर इण्डष्ट्रिज प्रालिमा १ अर्ब ४० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।


प्रकाशित : सोमबार, भदौ १ २०८३०७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend