बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

सोल्टी होटेलको नाफा १६ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी ३ अर्ब १४ करोड रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०८३
सोल्टी होटेलको  नाफा १६ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी ३ अर्ब १४ करोड रुपैयाँ

समीक्षा अवधिमा होटेलको सञ्चालन आम्दानी १३.४९ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ८० लाख ९१ हजार ७०२ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष २ अर्ब ७७ करोड ३९ लाख ६ हजार ५१५ रुपैयाँ सीमित थियो।

काठमाडौं- सोल्टी होटेल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ।

 विवरण अनुसार समीक्षा अवधिमा होटेलको खुद नाफा अघिल्लो वर्षको तुलनामा १६.५९ प्रतिशतले बढेर ७६ करोड १० लाख ६० हजार ९२ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा होटेलको खुद नाफा ६५ करोड ३२ लाख ७७ हजार ४७१ रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा होटेलको सञ्चालन आम्दानी १३.४९ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ८० लाख ९१ हजार ७०२ रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष २ अर्ब ७७ करोड ३९ लाख ६ हजार ५१५ रुपैयाँ सीमित थियो।

व्यवसाय विस्तार र पर्यटकीय गतिविधिमा आएको सुधारका कारण आम्दानी र नाफामा वृद्धि भए तापनि समीक्षा अवधिमा होटेलको वित्तीय लागत  भने ७९.८९ प्रतिशतको उच्च दरले बढेर ७१ लाख ५३ हजार ८७५ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो लागत ३९ लाख ५५ हजार ३५७ रुपैयाँ मात्र रहेको थियो।

नाफामा भएको वृद्धिसँगै होटेलको प्रतिसेयर आम्दानी  १.४१ प्रतिशतले बढेर ६ रुपैयाँ ४८ पैसा कायम भएको छ। अघिल्लो वर्ष होटेलको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३९ पैसा रहेको थियो। समीक्षा अवधिमा होटेलको प्रतिसेयर नेटवर्थ ५.५९ प्रतिशतले वृद्धि भई २८ रुपैयाँ ५२ पैसा पुगेको छ। जुन अघिल्लो वर्ष २७ रुपैयाँ ९ पैसा रहेको थियो।

चुक्ता पुँजीतर्फ होटेलले १५. प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ३५ करोड १५ लाख २५ हजार ४८० रुपैयाँ पुर्‍याएको छ। अघिल्लो वर्ष चुक्ता पुँजी १ अर्ब १७ करोड ५२ लाख ४२ हजार ६९० रुपैयाँ रहेको थियो। 

यस्तै, होटेलको रिटर्न अर्निङ तथा रिजर्भ कोष २५.२२ प्रतिशतको फराकिलो अन्तरले बढेर २ अर्ब १७ करोड ६५ लाख ६९ हजार २९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ७३ करोड ८१ लाख ५६ हजार ६७९ रुपैयाँ रहेको थियो।


प्रकाशित : शुक्रबार, साउन २९ २०८३१२:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend