काठमाडौं- युनिभर्सल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले ७ करोड २४ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको ९ करोड ४१ लाख १५ हजार रुपैयाँको तुलनामा २३.०० प्रतिशतले घटेको हो।
विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीअघिल्लो वर्षको ३६ करोड ९८ लाख ५६ हजार रुपैयाँबाट २.६५ प्रतिशतले बढेर ३७ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल नाफा भने अघिल्लो वर्षको २५ करोड ९२ लाख ६३ हजार रुपैयाँको तुलनामा ३०.१९ प्रतिशतले घटेर १८ करोड १५ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन नाफामा पनि २७.६० प्रतिशतको गिरावटआएर १० करोड ४४ लाख ९० हजार रुपैयाँ कायम भएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको कुल सम्पत्ति ७.२५ प्रतिशतले घटेर ४ अर्ब २४ करोड ५० लाख ५३ हजार रुपैयाँमा झरेको छ। सोही अवधिमा कम्पनीको चुक्ता पुँजी ४.९५ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ५१ लाख २३ हजार रुपैयाँ पुगेको छ भने कुल इक्विटी ३२.२१ प्रतिशतको ठूलो वृद्धिका साथ २ अर्ब ७२ करोड ५४ लाख २१ हजार रुपैयाँ पुगेको छ।
यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ २३ पैसा, नेटवर्थ र सेयर पुँजीको अनुपात १९७.९८ प्रतिशत तथा कुल सम्पत्तिमा कुल नाफाको अनुपात ५.४ प्रतिशत रहेको छ।