बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

एआई र स्मार्ट इकोसिस्टम सहित सामसङ ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन २८ २०८३
एआई र स्मार्ट इकोसिस्टम सहित सामसङ ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक

आठौँ पुस्तामा प्रवेश गरेको सामसङको फोल्डेबल प्ल्याटफर्मले वर्षौँदेखि हासिल गरेको प्राविधिक सिकाइ, सुधारिएको डिजाइन, उच्च ड्युरेबिलिटी, सजिलो पोर्टेबिलिटी र अत्याधुनिक सफ्टवेयर क्षमतालाई प्रतिबिम्बित गर्दछ। ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र जेड फोल्ड८ मा रहेका ठूला र फराकिला डिस्प्लेले प्रयोगकर्तालाई एआई सुविधाहरू प्रयोग गर्न अझ सहज कार्यस्थल प्रदान गर्छन्।

काठमाडौं- सामसङ नेपालले नयाँ पुस्ताका लागि प्रिमियम डिभाइसहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप८ का साथै नयाँ ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा सार्वजनिक गरेको हो। यी नयाँ डिभाइसहरूमार्फत उपभोक्ताले अत्याधुनिक 'ग्यालेक्सी एआई' को उत्कृष्ट अनुभव र अझ सहज एवं स्मार्ट ओनरशिप यात्रा प्राप्त गर्ने कम्पनीको दाबी छ।

आठौँ पुस्तामा प्रवेश गरेको सामसङको फोल्डेबल प्ल्याटफर्मले वर्षौँदेखि हासिल गरेको प्राविधिक सिकाइ, सुधारिएको डिजाइन, उच्च ड्युरेबिलिटी, सजिलो पोर्टेबिलिटी र अत्याधुनिक सफ्टवेयर क्षमतालाई प्रतिबिम्बित गर्दछ। ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र जेड फोल्ड ८ मा रहेका ठूला र फराकिला डिस्प्लेले प्रयोगकर्तालाई एआई सुविधाहरू प्रयोग गर्न अझ सहज कार्यस्थल प्रदान गर्छन्।

यसले गर्दा बारम्बार एप परिवर्तन नगरीकनै समीक्षा, तुलना, नयाँ सामग्रीको सिर्जना तथा दैनिक कामहरू छिटो-छरितो रूपमा गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, गोजीमै अटाउने कम्प्याक्ट फर्म फ्याक्टरमा आएको नयाँ ग्यालेक्सी जेड फ्लिप ८ ले प्रयोगकर्तालाई छिटो एआई अन्तरक्रिया र रचनात्मक अभिव्यक्तिको नयाँ अनुभव दिनेछ। यसका साथै, सार्वजनिक गरिएका ग्यालेक्सी वाच९ र ग्यालेक्सी वाच अल्ट्राले दैनिक स्वास्थ्य अनुगमन तथा वेलनेस अनुभवलाई अझ बढी प्रभावकारी र कनेक्टेड बनाउने कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , साउन २८ २०८३१३:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend