बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

नेप्सेमा परिसूचकमा सामान्य सुधार, माउन्ट एभरेष्ट पावरको सेयर १५ प्रतिशत बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २७ २०८३
नेप्सेमा परिसूचकमा सामान्य सुधार, माउन्ट एभरेष्ट पावरको सेयर १५ प्रतिशत बढ्यो

आज ३ सय ४८ कम्पनीको ८७ लाख १ हजार ९ सय ४४ कित्ता सेयर ४३ हजार ९ पटक किनबेच भएको छ। आज ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५ सय रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको तेस्रो कारोबार दिन आज बुधबार सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक ०.५५ अंक अर्थात् ०.०२ प्रतिशतले बढेर २६४२.४० बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ०.७९ अंक अर्थात् ०.०३ प्रतिशतले बढेर २६४१.८५ बिन्दुमा पुगेको थियो।आज नेप्सेमा १ सय २ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ६५ कम्पनीको सेयर मूल्य घटेको छ।

आज ३ सय ४८ कम्पनीको ८७ लाख १ हजार ९ सय ४४ कित्ता सेयर ४३ हजार ९ पटक किनबेच भएको छ। आज ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५ सय रूपैयाँको कारोबार भएको छ।

आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा पनि सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। ८ उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सबैभन्दा धेरै २.२१ प्रतिशत बढेको छ।


प्रकाशित : बुधबार, साउन २७ २०८३१५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend