बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

त्रिशक्ति सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार, ८ वटा शाखाबाट सुविधा उपलब्ध हुने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन २७ २०८३
त्रिशक्ति सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार, ८ वटा शाखाबाट सुविधा उपलब्ध हुने

नेपाल धितोपत्र बोर्डद्वारा जारी "मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०६८" तथा प्रचलित नियामक व्यवस्था बमोजिम यो सेवा सुरु गरिएको हो।

काठमाडौं-  त्रिशक्ति सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नम्बर ४८) ले योग्य ग्राहकहरूका लागि औपचारिक रूपमा मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएको छ। 

नेपाल धितोपत्र बोर्डद्वारा जारी मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०६८ तथा प्रचलित नियामक व्यवस्था बमोजिम यो सेवा सुरु गरिएको हो।

कम्पनीका अनुसार यो सुविधा अन्तर्गत तोकिएको मापदण्ड तथा शर्तहरू पुरा गर्ने योग्य ग्राहकहरूले उपलब्ध गराइएको सीमाभित्र रही मार्जिन कारोबार गर्न सक्नेछन्।

मार्जिन कारोबार सुविधा लिन इच्छुक ग्राहकहरूले आवश्यक प्रक्रिया पुरा गरी मुख्य कार्यालय काठमाडौँका साथै पोखरा, महेन्द्रनगर, धनगढी, हेटौँडा, बुटवल, बनेपा, ललितपुर तथा भक्तपुरस्थित शाखा कार्यालयहरूमा सम्पर्क गरी मार्जिन कारोबार खाता खोल्न र सेवा लिन सक्नेछन्। 

मार्जिन कारोबार सुविधा प्रयोग गर्दा लागू हुने मार्जिन सीमा, ब्याजदर, योग्य धितोपत्र, आवश्यक मार्जिन तथा अन्य नियम र शर्तहरूबारे विस्तृत जानकारी कम्पनीबाटै प्राप्त गर्न सकिनेछ। 

आफ्ना ग्राहकहरूलाई थप लगानीका अवसर तथा विविध सेवा उपलब्ध गराउने उद्देश्यका साथ लगानीकर्तामैत्री, पारदर्शी र प्रभावकारी सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता त्रिशक्ति सेक्युरिटिजले व्यक्त गरेको छ।


प्रकाशित : बुधबार, साउन २७ २०८३१४:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend